१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालले चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नु नै बुद्धिमता: सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन्।  

मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले चीन र भारत नै नेपालका सँधैका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए।  

सभापति देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए। उनले नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले की विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा सहमति जनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे। उनले भनेका कुरा नमान्ने हो भने विद्युत नकिन्ने हुँदा थोरै लचिलो भएर भएपनि देशको हीतमा काम गर्नुपर्ने बाध्यता रहेको बताए।

सभापति देउवाले भने, ‘हामीले सबैलाई मिलाउनुपर्छ। चीन र भारत दुई वटा हाम्रो छिमेकी हुन्। दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता छ। आवश्यकता छ। कोसँग कति बोल्ने कति कुरा राख्ने भन्ने हुन्छ। चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ। सन्तुलन मिलाएर अघि बढ्नुपर्छ।’

सभापति देउवाले सरकार र ब्युरोकेसीबीच एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने पनि बताए।

प्रकाशित: १९ भाद्र २०८० ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App