नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको ‘जनतासँग माओवादी अभियान’ लाई लक्षित गर्दै फेरि जनतामाझ भ्रम छर्न हिँडेको भनी टिप्पणी गरेका छन्।
माओवादी केन्द्रले हिजो शनिबारबाट देशभर ‘जनतासँग माओवादी अभियान’ सुरु गरेको छ। डा.भट्टराईले आज बिहानै सामाजिक संजालमा स्टाटस राख्दै विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन भई भ्रष्टाचार र अनियमततामा अनगिन्ती कीर्तिमान खडा गरेर राजनीतिक दलहरू गोहीका आँसु र फोस्रा गफ सहित फेरि जनतामाझ भ्रम छर्न हिँडेको भनी कटाक्ष गरेका छन्।
‘सयवटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिंडेथ्यो रे !' भन्दै उनले लेखेका छन्। ‘केही पुराना दल र नेता राज्यसत्ताको चरम दोहनरभागबण्डा, कमिसनखोरी,शक्तिकेन्द्रहरूको दलाली,आसेपासेहरूको घिनलाग्दो जालो निर्माण,विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासिता लगायतका दुष्कर्मका अनगिन्ती कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नु उस्तै उस्तै भएन र ?’
प्रकाशित: १७ भाद्र २०८० ०७:२३ आइतबार





