१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमसीसी बारेको व्याख्यात्मक घोषणा झुठको खेस्रो: एमाले अध्यक्ष ओली

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै एमाले अध्यक्ष ओली । तस्वीर : चुमन बस्नेत/नागरिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको अनुदान संसदबाट पास गर्ने बेलामा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा झुठको खेस्रो मात्रै भएको टिप्पणी गरेका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संसदबाट पास भएको १२ बुँदे व्याख्यत्मक घोषणा झुठको खेस्रो मात्रै भएको टिप्पणी गरे।  

नेपालको संसदले पास गरिसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताउँदै ओलीले एमसीसीको सम्झौता बाहिर गरिएका घोषणा र व्यख्यात्मक टिप्पणीहरूको अर्थ नभएको स्पष्ट पारे। उनले भने, ‘सम्झौता बाहिरबाट कसले के घोषणा गर्छ? कसले के व्यख्यात्मक टिप्पणी गर्छ? भन्ने कुरा जनतालाई धोका दिन झुठ बोलिएको मात्रै हो।’  

व्यख्यात्मक घोषणा एमसीसीले मानिसकेको भनेर तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीले संदनमा बोलेर संसदलाई नै धोका दिएको ओलीको आरोप छ। ‘अहिलेका प्रधानमन्त्रीले पनि एमसीसीलाई सोध्छु भनेका छन्। त्यसमा सोध्नुपर्ने केही छैन। किन सोध्नु पर्यो? एमसीसीले पहिल्यै सम्झौता बाहिरको घोषणाबारे थाहा छैन भनिसकेको छ।’ एमसीसी बारेको १२ बुँदे घोषणा जनतालाई भ्रममा पार्न बोलिएको झुठ मात्रै हो।’ उनले भने।  

ओलीले राप्रपाले कोशी प्रदेशमा गठबन्धनलाई सहयोग गर्ने हल्ला पत्याउन नसकिने भन्दै  राप्रपाले सहयोग गर्छ भनेर हल्ला गरिए पनि राप्रपाले सहयोग गर्छौ नभनेको पनि उल्लेख गरे। ओलीले भने, ‘राप्रपाले सहयोग गर्छौ भन्ने कुरा गठबन्धनले भनेर हुँदैन। राप्रपाले नभनेसम्म कसरी पत्याउने।’  

ओली सिरहामा हुने सचिवालय बैठकमा सहभागि हुनका लागि विराटनगर विमानस्थल हुँदै सिरहा पुगेका हुन् ।  

प्रकाशित: १३ भाद्र २०८० ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App