१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

हामी बुढो भइसक्यौँ, अब राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्छ: नेता कोइराला

नेपाली काँग्रेसका सांसद शशांक कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका हुन्।

उनले आफूहरु बुढो भइसकेको र कहिले ढल्ने भन्ने थाहा नभएको भन्दै उनले राजनीतिमा युवाको आवश्यकता औँल्याए। उनले यसका लागि आफू मनसुन सकिएसँगै पन्ध्रौँ महाधिवेशनको तयारी स्वरुप सातवटै प्रदेशमा घुम्ने पनि बताए। उनले सभापतिको उम्मेदवार बन्ने बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै साथीहरुसँग कुरा गरेर मात्रै निर्णय गर्ने उल्लेख गरे।

उनले भने – ‘पन्ध्रौँ महाधिवेशनको तयारीको सिलसिलामा सातै प्रदेशमा घुम्ने। किनभने भोलिको राजनीति भनेको युवाहरुको पक्षमा ल्याउनुपर्छ। हामी त बुढो भइसक्यौँ कहिले ढल्छौँ थाहा छैन। म सबभन्दा पहिले साथीहरुसँग कुरा गर्छु। उनीहरुको चाहना के हो ? मैले मात्रै चाहेर त भएन नि। उनीहरुको चाहना हेर्छु। अनि त्यसपछि निर्णय गर्छु। गठबन्धनको सरकारमा हामीले गिभ एण्ड टेक गर्नुपर्छ। आफ्नै गोरुको बाह्रै टक्का हुँदैन। चाहँदा चाहँदै पनि हामी सुधार ल्याउन सक्ने सम्भावना म देख्दिनँ। गठबन्धन सरकारलाई स्थायित्व दिनका लागि गरेको। जनता खुशी छैन। तर यो बाध्यता हो।’

उनले गठबन्धनको सरकार भएका कारणले सरकारले चाहेजस्तो काम गर्न नसकेको बताए। 

प्रकाशित: १२ भाद्र २०८० १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App