४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई सांसद चौधरीको प्रश्न, ‘त्यही बिजुली नेपालले बेच्दा सस्तो हुने, भारतले बेच्दा किन महँगो?

प्रतिनिधिसभा सांसद आश्माकुमारी चौधरीले नेपालले सस्तो मुल्यमा भारतलाई बिजुली बेच्नु पर्ने र भारतबाट महँगोमा किन्नुपर्ने अवस्था किन आइरहेको छ ? भन्दै प्रश्न गरेकी छिन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीलाई प्रश्नोउत्तर कार्यक्रममा सांसद चौधरीले यसरी प्रश्न राखिन, ‘हामीले त्यही बिजुली बेच्दा सस्तोमा बेच्नुपर्ने, भारतले बेच्दा हामीले महँगोमा किन्नुपर्ने, किन यस्तो भइरहेको छ?

उनले सरकारले निर्यात भन्दा आयात दोब्बर भएको उल्लेख  गर्दै भनिन, ‘१० अरब ४५ करोड रुपैया बिजुली बेच्दा आउँछ। भारतबाट किन्दा १९ अरब रुपैया भन्दा बढि खर्च भइरहेको छ। तर सरकारले हामीलाई किन ढाँटिरहेको छ?’

प्रधानमन्त्री पुष्पकमल दाहालले चौधरीको प्रश्नको जवाफ दिदै भने, ‘रुस र युक्रेन युद्धका कारण भारतमा कोइलाको आपूर्ति असहज भई छिमेकीमा बिजुली उत्पादन लागत बढेकाले विद्यूत प्राधिकरणले महँगोमा बिजुली आयात गर्नुपरेको हो।’  

उनले बर्षायामको तुलनामा सुख्खायाममा बिजुली उत्पादन एक तिहाई कम भएकाले भारतबाट बिजुली किन्नु परेको स्पष्ट पारेका थिए।

 

प्रकाशित: १२ भाद्र २०८० ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App