१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेले भन्यो, ‘प्रधानमन्त्रीले जातिय राज्यको वकालत गरेर अराजक स्थिति सिर्जना गर्दै छन्’

फाइल तस्बीर

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातिय राज्यको वकालत र अराजक स्थिति सिर्जना गरिरहेको आरोप लगाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो आरोप लगाएका हुन्। ‘जुन प्रकारले प्रधानमन्त्रीले म जातिय राज्यको पक्षमा छु, तपाईहरु जाग्नुस उठनुस्, तपाईहरुले बल दिनुहोस्। म यो जातिय राज्य स्थापित गराईछाड्छु भनिरहनु भएको छ यसले हिंसा भड्काउने, अराजकता स्थिति सिर्जना गर्ने काममा स्वयंम प्रधानमन्त्रीले मलजल गरिरहनु भएको छ’, उनले भने।  

प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीले समाज विद्वेष फैलाउने काम गररहेको र यो कुनै पनि हालतमा स्वीकार नहुने चेतावनी दिए। ‘हामी यसलाई गम्भीर रुपमा लिएका छौं र आपत्ति जनाउन चाहन्छौं’, उनले भने।

प्रकाशित: १२ भाद्र २०८० ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App