२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मुलुकमा सुशासन कायम राख्न नेताहरु स्वयं सुध्रिनुपर्छः शेखर कोईराला

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रिनुपर्ने बताएका छन्।

नेता कोईरालाले मुलुकमा विद्यमान भ्रष्टाचार÷दण्डहिनताको अन्त्य र सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रनुपर्ने आवश्यक्ता औंल्याए।

नेपाल वित्तिय संस्था कर्मचारी संघ ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले शुक्रवार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भ्रष्टहरुलाई कारबाहीको दायरामा नल्याएसम्म नेपाली जनता र अन्य मुलुकहरुले पनि नेपालका राजनीतिक नेतृत्वलाई विश्वास गर्ने अवस्था नरहेको पटकपटक दोहो¥याए। नेता कोईरालाले सबै राजनीतिक दलहरुले मुलुकमा सुशासन दिने मामिलामा प्रण गरेर अघि बढनुपर्ने बताए।

उनले भने, ‘हामी सबैले एउटा प्रण गर्नुपर्छ–हामी सुशासन दिन्छौं। भ्रष्टाचारमा शुन्य सहनशीलता हामी राख्छाैं। पारदर्शी हामी हुन्छौं। र, दण्डहिनता हामी स्वीकार गर्दैनौं। यो चार वटा कुराको कमिटमेण्ट मात्रै होइन, बोलेर मात्रै हुँदैन। पहिलेपहिले ते नेताहरुले बोलेपछि त्यसलाई इम्पिमेण्ट गर्थे। अब नेताहरुले बोलेपछि कसैले पत्याउँदा पनि पत्याउँदैन। पत्याउने उपाय के हो भने जसले भ्रष्टाचार गर्छ, जसले बद्मासी गर्छ, जसले दण्डहिनता गर्छ, तिनीहरुलाई कठघरामा नउभ्याउन्जेलसम्म जनतालाई पनि विश्वास हुँदैन। विदेशी शक्तिहरु त झन हुँदै हुँदैन। समृद्ध र समुन्न नेपाल अगाडि बढाउने हो भने हामी सुध्रिन जरुरी छ। हामी सध्रियौं भने भ्रष्टाचार पनि हुँदैन। दण्डहिनता पनि हुँदैन। हामी सुध्रियौं भने पारदर्शीता पनि हुन्छ। र, सुशासन पनि हामी दिनसक्छौं।’

प्रकाशित: ८ भाद्र २०८० १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App