९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो

संघीय संसद् प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ। आज दलहरूबीच भएको सहमतिबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने र विशेष समयमा दलीय आधारमा प्रतिनिधिसभा सदस्यहरूले बोल्ने सहमति आजको बैठकले गरेको छ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले करिब एक महिनादेखि अवरुद्ध संसद् खुलाउन दलहरूबीच भएको सहमतिप्रति खुसी व्यक्त गरे।

सदन खोल्न आफूले पटकपटक प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गरेको र प्रमुख सचेतकहरू तथा कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल भएको उनले बताए।

संसदीय व्यवस्थामा दलहरूको भूमिका नै प्रमुख हुने र दलहरूले नै संसद्को गरिमा बढाउने गरी काम गर्नुपर्ने सभामुख घिमिरेको भनाइ छ।

प्रकाशित: ६ भाद्र २०८० ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App