२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद् बैठक चल्ने, सहमतिकाे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्नेबारे छलफल हुँदै

गत साउन १० गतेदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आजदेखि चल्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानबिन आयोग गठनको माग राख्दै अवरुद्ध गर्दै आएको सदन आजदेखि खुल्ने भएको हो। 

आज बसेको सर्वदलीय बैठकमा भएको दुई बुँदे सहमति अनुसार सुन तस्करीको छानबिनको लागि आयोग गठनको सहमति भएको छ। बैठकले आगामी असोज ५ गते आयोग गठन गरी त्यसैदिनबाट काम सुरू गर्नेगरी दुई बुँदे लिखित सहमति गरेका हुन्।

आज भएको सहमतिसँगै अब प्रतिनिधि सभाको बैठक सुचारु हुने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए। उनका अनुसार आजको सहमतिबारे सदनमा प्रधानमन्त्री वा सरकारका तर्फबाट अन्य मन्त्रीले सम्बोधन गर्नेबारे छलफल भइरहेको छ।  

'आजबाट सदन चल्छ।अब  सदनका सबै गतिविधि सुचारु भयो। अहिलेसम्मकाे अवराेध र आजको सहमतिबारे हामीले प्रधानमन्त्रीले सदनमा सम्बोधन गरे राम्रो हुन्थ्याे भनेर  कुरा गरिरहेका छाैं। सकेसम्म प्रधानमन्त्री वा सरकारको तर्फबाट कुनै मन्त्रीले आजको सहमतिबारे सदनलाई जानकारी गराउनेबारे छलफल हुँदै छ। हेराैं के हुन्छ अब।' आज दिउँसो ३ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। 

प्रकाशित: ६ भाद्र २०८० ०९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App