७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले बुझायो

ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)ले जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ।

छानबिन सम्पन्न गरेर आज प्रतिवेदन बुझाएको सिआइबीको प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

केही बेर अगाडी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझायौं। हाम्रो तर्फबाट गरेको अनुसन्धानको प्रतिवेदन बुझाएका छौं।  

एसपी अधिकारीका अनुसार संगठित अपराध र कीर्ते मुद्दामा करिब तीन सय प्रतिवादीमाथि मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन बुझाइएको छ।  

सीआईबीले सोमबार राति पूर्व उपप्रधामन्त्री  विजयकुमार गच्छदार,  पूर्वराज्यमन्त्री सञ्जय साह र पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीसँग बयान लिएको थियो भने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग आइतबार बेलुका घरमै पुगेर बयान लिएको थियो। 

प्रकाशित: ५ भाद्र २०८० ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App