१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमालेले अवरोध नगर्ने

फाइल तस्बीर

आज प्रतिनिधिसभाको बैठक बस्दै छ। दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ। लामो समयदेखि प्रतिनिधि बैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको बैठकमा भने अवरोध नगर्ने जनाएको छ।

सोमबार साँझ बसेको सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको बैठकले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेका थिए। सो बैठकमा अब निर्धारित समयमै संसद् बैठक बस्ने सहमति पनि भएको थियो। सोही बमोजिम आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा अवरोध नगर्ने एमालेले जनाएको छ।  

प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० गतेदेखि प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ। विमानस्थलबाट चेकजाँच पास गराएर बाहिरिदै गरेको अवस्थामा बरामद गरिएको ब्रेक–सु मा राखेर ल्याइएको करिब ६० किलो सुन  प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै आएको थियो। 

प्रकाशित: ५ भाद्र २०८० ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App