१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेबाट विद्रोह गर्नु औचित्यपूर्ण भयाे: माधव नेपाल

फाइल।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताएका छन्।

दुई दिनसम्म चलेको नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकको सोमबार समापन मन्तव्य राख्दै अध्यक्ष नेपालले तत्कालीन एमालेबाट विद्रोह गरी नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको ब्रिफिङ गरेका हुन्।

उनले आफूहरूले विद्रोह नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, संघीयता र संसद् समाप्त पारिसकेको हुने विश्लेषण सुनाए।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले विद्रोह नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरु माथि दमन र अत्याचार हुने पनि बताए। 

त्यस्तै उनले आगामी दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर जानुपर्नेमा जोड दिएको प्रवक्ता खतिवडाले जानकारी दिए। नेपालले एक ढिक्का भएर पार्टी निर्माणमा लाग्न पनि नेताहरूलाई आग्रह गरेका थिए।

बैठकमा पोलिटब्युरो सदस्यहरूले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा आ–आफ्नो धारणा राखेका थिए। भोलिदेखि चल्ने पार्टीको केन्द्रीय कमिटीको बैठकको पूर्वतयारीका रुपमा पोलिटब्युरो बैठकमा छलफल भएको प्रवक्ता खतिवडाले बताए।

प्रकाशित: ४ भाद्र २०८० १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App