४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिआइबी परिसरमा उभिएको तस्बिर पोस्ट्याउँदै पूर्वमन्त्री चन्द्र देवले भने, ‘म फरार छुइन।’

साधारण तारेखमा छुटेका पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को महाराजगन्ज स्थित कार्यालयको परिसरमा पुगेको तस्बिर आफ्नो फेसबुक पेजमा पोस्ट गरेका छन्।

हातमा फाइल बोकेको तस्बिर पोस्ट गर्दै उनले लेखेका छन्, ‘पहिलो पटक सिआइबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो। तर फेरी अहिले नआउनु भनी खबर आयो।’ जोशीले सिआइबीले बोलाए बमोजिम आफू सवा १ बजे आइपुगेको पनि आफ्नो स्ट्याटसमा उल्लेख गरेका छन्।

‘तर बयान नलिई फेरी बोलाउँला भनी फर्काइयो। भ्रष्टाचार विरुद्धको हरेक प्रयासमा मेरा प्रतिबद्धता कायम छ। म फरार छुइन’, उनले भनेका छन्।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। त्यसपछि जोशी आफैँ विशेष अदालतमा उपस्थिति भएका थिए। त्यस लगत्तै उनी साधारण तारेखमा छुटेका थिए। जोशीको पक्षमा अधिवक्ता भीमार्जुन आचार्य, ललित बस्नेतसहित पाँच जना अधिवक्ताले निःशुल्क बहस गरेका थिए।

१७५ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको थियो। १७५ जनामध्ये हाजिर भएका अधिकांशलाई धरौटी लिएर विशेष अदालतले छोड्दै आएको छ। ललिता निवास जग्गा प्रकरणमा साधारण तारिखमा छुट्ने जोशी पहिलो व्यक्ति हुन्।

प्रकाशित: ४ भाद्र २०८० १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App