१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनु पर्छः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन्।

शुक्रबार नेपाल निजामति कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरुसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताए। उनले अहिले पार्टीका नाम जुनकुनै राखेपनि सबै पार्टीहरु प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताए।

उनले भने, ‘कर्मचारी भनेको स्थायी सरकार हो। हामी भनेको राजनीतिक भनेको आउने जाने हो, निर्वाचित सरकार र स्थायी सरकार हुन्छ, त्यसैले वास्तवमा कर्मचारी भनेको स्थायी सरकार हो। त्यो स्थायी सरकार सशक्त हुनुपर्छ। अहिले प्रजातन्त्रवादी छन्। पार्टीको नाम जे राखेपनि सबैले संविधानलाई पालना गर्नुभएको छ। संविधानअनुसार पार्टी चलेका छन्। भोलिका दिनमा ध्यान दिनुपर्ने कुरा के छ भने कर्मचारी युनियन भयो, सामाजिक संगठन, राजनीतिक, पार्टी संगठनहरु चलायमान बनाउनुपर्छ। अर्को भनेको देशलाई समृद्धितर्फ, विकासतर्फ बढाउनुपर्छ। कोभिडबाट बल्ल बल्ल मुक्ति पाएको देश हो यो, फेरि डेंगु आइरहेको छ। सबैकुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ।’

प्रकाशित: १ भाद्र २०८० ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App