१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेसमा संगठन गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवीन राप्रपा निर्माण लिएर मधेस प्रदेश पुगेको छ। पुससम्म संगठन सुधार गर्ने अभियान अन्र्तगत पार्टीका उपाध्यक्षहरूलाई प्रदेशको जिम्मा तोकेर अभियान थालेको राप्रपाले मधेस प्रदेशमा अभियान सुरु गरेको हो।

मधेस प्रदेशको जिम्मेवारी पाएका उपाध्यक्ष बुद्धिमान तामाङले अभियान अन्र्तगत सप्तरीबाट कार्यक्रम सुरु गरेका छन्। मधेस प्रदेशका सबै जिल्लामा एक चरणको कार्यक्रम पूरा गरेर काठमाडौं फर्केने उनले तयारी गरेका छन्। अन्य उपाध्यक्षहरूले पनि आफूले पाएको प्रदेश अनुसार अभियान लिएर जाने तयारीमा रहेका छन्।

युवा र महिलालाई केन्द्रित गरेर संगठन निर्माणमा पार्टी लागेको जनाउँदै तामाङले भने, ‘नयाँ सोच, शैलीका साथ पार्टीलाई अघि बढाउने योजनामा हामी छौं।’

राप्रपाले योग्यता पुगेका ४० वर्षभन्दा कम उमेरका १० जना युवालाई तल्लो तहबाट सीधै कार्यसम्पादन मूल्यांकन समितिमा लैजाँदै राप्रपाले तयारी गर्नुको साथै पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको कोटा सुरक्षित गर्ने पनि जनाएको छ।

‘युवा र महिलालाई पार्टी संगठनसँगै देश निर्माणमा राप्रपा जोड्न चाहन्छ,’ उपाध्यक्ष तामाङले थपे, ‘पुरानो राप्रपा होइन नवीन राप्रपा बनाउने हाम्रो अभियान हो।’

मधेस प्रदेशमा जनताको साथ र समर्थन उत्साहजनक रहेको तामाङले दाबी गरे।  

प्रकाशित: ३२ श्रावण २०८० ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App