१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसंगको भेटमा बालेनले उठाए तीनकुने जग्गाको मुआब्जा विषय

प्रधानमन्त्री पुष्पकमल दाहालसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले छलफल गरेका छन्।

मंगलबार सिंहदरबारमा प्रधानमन्त्री दाहाल र मेयर बालेन्द्र साहबीच छलफल भएको हो। छलफल काठमाडौंको सुकुम्बासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा केन्द्रित भएको बताइएको छ।

छलफलमा मेयर बालेनले काठमाडौंको सुकुम्बासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषय उठाएका थिए।

काठमार्डौंका विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेका सुकुम्बासीहरुलाई हटाउन महानगरले प्रयास गर्दै आएको छ। तर  उक्त काम गर्न महानगर सफल भएको छैन्।

महानगरले गर्न खोजेको सोही कामहरुमा अवरोध आएपछि मेयर बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न आग्रह गरेको श्रोतले बताएको छ।

छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरूङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साह, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाल सरकारका विभागीय मन्त्रालयका सचिवहरू उपस्थित थियो।  

प्रकाशित: ३० श्रावण २०८० १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App