१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

अध्यक्ष ओलीको टिप्पणी: ‘लाज घिन नभएको नालायक र भ्रष्ट सरकार’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘नालायक र भ्रष्ट’ को संज्ञा दिएका छन्।

उनले ‘अखबर र बिरबल’ कथाको प्रसंग कोट्याउँदै यो सरकारलाई ‘लाज र घिन’ नभएको भन्दै तिखो टिप्पणी पनि गरे।

अध्यक्ष ओलीले पार्टी कार्यालयमा आइतबार विशेष पत्रकार सम्मेलन गर्दै भने, ‘यति नालायक र भ्रष्ट सरकारले चलाएर बस्नु भन्दा राजिनामा गर्नुपर्नेमा उल्टै प्रश्न गर्नुहुन्छ। बानी परेपछि लाज र घिन लाग्दैन भन्ने अखबर  बिरबलको कथा छ।’

उनले यस्तो अवस्थामा देश अघि बढन नसक्ने तर्क पनि गरे। ‘यसरी देशलाई अघि बढन दिनु हुँदैन। देशलाई लोकतान्त्रिक, स्वच्छ, पारदर्शी र विकास उन्मुख बनाउनुपर्छ। जनताका समस्या केन्द्रीत बनाउनुपर्छ’, अध्यक्ष ओलीले भने।

प्रकाशित: २८ श्रावण २०८० ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App