१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘यादवसँग बार्गेनिङ गर्दै दाहाल’

गौर हत्याकाण्डका विषयमा गृह मन्त्रालयले आन्दोलनकारीसँग सहमति गरेपछि जनता समाजवादी पार्टी (जसपा) झस्केको छ। अध्यक्ष उपेन्द्र यादवको उपस्थितिबिना शुक्रबार जसपाले पत्रकार सम्मेलन गरेर सरकारप्रति आशंका प्रकट गरेको छ। गौर काण्डमा जसपा अध्यक्ष यादवको पनि संलग्नता रहेको उजुरी छ।

‘कतै सरकारले विवेक गुमाउँछ कि भन्ने डर हामीलाई छ। यस्तो हुने हो भने ठुलो दुर्भाग्य हुनेछ। त्यसैले अध्यक्षज्यू अहिले निकै सचेत हुनुहुन्छ,’ जसपाका एक नेताले भने।

गौर काण्डमा स्पष्टीकरण दिन पत्रकारमाझ दोस्रो तहका नेता रेणु यादव, राजकिशोर यादव तथा प्रवक्ता मनीष सुमन उपस्थित थिए। नेताहरूले गौर काण्डमा तत्कालीन माओवादी नेता तथा कार्यकर्ता जिम्मेवार भएको, द्वन्द्वमा धकेल्ने काम माओवादी केन्द्रबाट भएको स्पष्टीकरण दिए। गौर हत्याकाण्डको विषयमा यसअघि पटकपटक छानबिन समिति तथा आयोग गठन भइसकेको अवस्थामा फेरि यही विषयलाई लिएर गृह मन्त्रालयले छानबिन गर्न सहमति जनाउनु अनावश्यक भएको उनीहरूको भनाइ थियो। गृह मन्त्रालयको यो कदम रहस्यमय भएको प्रवक्ता सुमनले बताए।

‘अब जसपाले सरकार छाड्ने–नछाड्ने विषय सरकारकै हातमा छ,’ उनले भने।

पत्रकार सम्मेलनमा गौर काण्डको विषयमा उच्चस्तरीय निष्पक्ष संसदीय छानबिन आयोग गठन गर्न जसपाका नेताहरूले माग गरे।

गौर काण्डमा स्पष्टीकरण दिन पत्रकारमाझ दोस्रो तहका नेता रेणु यादव, राजकिशोर यादव तथा प्रवक्ता मनीष सुमन उपस्थित थिए।

जसपाका एक केन्द्रीय नेता भन्छन्, ‘गौर काण्ड ब्युँझाउन गृह मन्त्रालयले सहमति गर्नु भनेको जसपाका अध्यक्ष यादवसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको बार्गेनिङ हो।’

ती नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहालले जसपासँग पार्टी एकीकरण गर्न डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको एकीकरण प्रक्रियालाई ‘होल्ड’मा राखेका छन्।

स्रोतका अनुसार गत वैशाखमा माओवादी केन्द्र र नेसपाबीच एकीकरणका लागि सबै तयारी पूरा भइसकेको थियो। यहाँसम्म कि एकीकरण गर्ने दिनसमेत तय भइसकेको थियो। यसको सुइँको यादवले पाए। तत्कालै उनले दाहाललाई भने, ‘तपाईंहरूले बाबुरामजीसँग एकीकरण गर्नुभयो भने माओवादी केन्द्र र जसपाबीच एकीकरण हुन सक्दैन। जसपासँग एकीकरण गर्ने हो भने नेसपासँग एकीकरण रोक्नुहोस्।’

त्यसपछि माओवादी केन्द्र र नेसपाबीचको एकीकरण प्रक्रिया होल्डमा राखियो।

केही दिनअघि बसेको माओवादीको केन्द्रीय समितिको बैठकमा पनि नेसपासँगको एकीकरणको विषयम केही बोलिएन। जबकि माओवादीसँग एकीकरण गर्न नेसपाले तारन्तार लिखित प्रस्ताव पठाइरहेको छ। दाहालले अहिले नेसपालाई एउटा मन्त्रालय दिए तर समाजवादी मोर्चामा राखेनन्। उपेन्द्रको सर्तपछि दाहालले नेसपासँगको एकीकरण प्रक्रियालाई होल्डमा मात्र राखेका मात्र छैनन्, समाजवादी मोर्चामा समेत सामेल गराएनन्।

ती नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहालले जसपासँग पार्टी एकीकरण गर्न डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको एकीकरण प्रक्रियालाई ‘होल्ड’मा राखेका छन्।

स्रोतका अनुसार जसपा अध्यक्ष यादवले माओवादीसँग एकीकरणको विषयलाई कहिल्यै प्राथमिकतामा राखेनन्। यद्यपि उनले एकीकरण हुँदैन पनि भनेका छैनन्। माओवादी केन्द्रसँगको एकीकरण र सम्बन्धको विषयमा यादव कहिल्यै प्रस्ट भएनन्। बरु उनले यसबीचमा माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) सँग एकीकरण गर्न चासो देखाए।

नेकपा एससँग पार्टी एकीकरण गर्न उनले राजेन्द्र श्रेष्ठको नेतृत्वमा एउटा वार्ता टोली नै गठन गरे। टोलीले एक दुईपटक नेकपा एसका नेताहरूसँग वार्ता पनि ग¥यो। तर वार्ता टुंगोमा पुग्न सकेन।

स्रोत भन्छ, ‘उपनिर्वाचनअघि नै माओवादी अध्यक्ष दाहालले यादवसँग पार्टी एकीकरण गर्न प्रस्ताव राखेका थिए। यसमा अध्यक्ष यादवले इन्कार गरेनन्। त्यसपछि यादवलाई विजयी बनाउन दाहालले ठुलो मिहिनेत गरे। दाहालको आग्रहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत बारा पुगे।’

आफ्नो भागमा परेको उपराष्ट्रपति पदसमेत जसपालाई दिन प्रधानमन्त्री दाहाल तयार भएको स्रोतको दाबी छ। यति हुँदा हुँदै पनि माओवादीसँगको एकीकरणको विषयमा यादव तयार भएनन्। यस विषयमा सामान्य पहल पनि गरेन। किनभने यादवलाई थाहा छ, माओवादीसँग एकीकरण गर्नेबित्तिकै यादवको हैसियत मधेसमा जिरो हुनेछ। यसको फाइदा माओवादी केन्द्रले उठाउनेछ। ‘मधेस आन्दोलनका हिरो भनेर चिनिएका यादव त्यतिबेला जिरोमा पुग्नेछन् र त्यसका स्पेस जनमत पार्टी या लोसपाले लिनेछ,’ जसपा स्रोत भन्छ, यी कारणबाट दाहाल गौर काण्ड देखाएर यादवसँग बार्गेनिङ गरिरहेका छन्। ताकि माओवादीको पोल्टामा जसपा जाओस् अथवा माओवादीसँग जसपाले एकीकरण गरोस्।’

नेकपा एससँग पार्टी एकीकरण गर्न उनले राजेन्द्र श्रेष्ठको नेतृत्वमा एउटा वार्ता टोली नै गठन गरे। टोलीले एक दुईपटक नेकपा एसका नेताहरूसँग वार्ता पनि गर्‍यो। तर वार्ता टुंगोमा पुग्न सकेन।

प्रधानमन्त्रीले अहिले जनमत पार्टीसँगको सम्बन्धलाई पनि कायमै राखेका छन्। बरु आफ्नो भागमा परेको एउटा मन्त्रालय जनमतलाई दिन तयार भएका छन्। यसमा उनले जनमतसँग सहमति पनि गरिसकेका छन्। जसपा माओवादीसँग टाढिनेबित्तिकै जनमतसँग नजिकिने प्रधानमन्त्रीको तयारी रहेको स्रोतको भनाइ छ। तर जनमतलाई संघीय सरकारमा ल्याउन जसपाले चाहेको छैन।

प्रकाशित: २७ श्रावण २०८० ०१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App