१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

महत्त्वपूर्ण योजनामा युद्धस्तरमा काम गर्नुपर्छ : मन्त्री ज्वाला

फाइल तस्बिर

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी योजना र अन्य महत्त्वपूर्ण योजनाहरूमा युद्धस्तरमा काम गर्न निर्देशन दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज आयोजना गरेको प्रगति समीक्षा कार्यक्रममा उनले वर्षौं पहिले निर्माणका काम थालिएका योजना पटकपटक अवधि थप्दा पनि नसकिँदा नागरिकमा गलत सन्देश जाने बताए। उनले यो वा त्यो बहानामा निर्माणकार्य ढिला नगर्न मातहतका निकायलाई निर्देशन दिएका हुन। उनले भने , ‘अन्धाधुन्ध काम गरेर मात्र हुँदैन, शक्तिशाली सिंहजस्तै दुई कदम अगाडि बढ्ने र एक पटक समीक्षा गर्ने नीति लिएर निर्माणकार्यमा लाग्न जरुरी छ।’

मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री ज्वालाले प्रत्येक चौमासिकमा योजनाको अनिवार्य समीक्षा गर्ने चलन बसाल्नुपर्नेमा जोड दिए। त्यसले आयोजनामा आएका समस्याको पहिचान र समाधानको उपाय दिने उनको भनाइ छ।

मन्त्री ज्वालाले केही आयोजनाको कामप्रति असन्तुष्टि पनि जनाएका छन। नेपाली सेनाले सञ्चालन गरिरहेको काठमाडौँ–तराई दु्रतमार्गको काम सोचेअनुसार नभएको उनको भनाइ छ। उनले भने, ‘नेपाली सेनाबाट सडक निर्माणका क्षेत्रमा प्रशंसनीय काम भइरहेका छन् तर द्रुत गतिमा हुन सकेन।’

राष्ट्रिय गौरवका अधिकांश सडक आयोजनाको भौतिक प्रगति गत आर्थिक वर्षभन्दा बढी भएको छ। पूर्णरूपमा सन्तोषजनक नभए पनि अघिल्लो आवभन्दा यस आवको प्रगति राम्रो रहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।

प्रकाशित: २६ श्रावण २०८० १५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App