१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

आराम गर्न प्रधानमन्त्री दाहाल चितवनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार साँझ चितवन आएका छन्। उनी आराम गर्नका लागि चितवन आएको भरतपुर महानगरपालिकाका प्रेस सल्लाहरका सुरेसचन्द्र अधिकारीले जानकारी दिए।

प्रधानमनन्त्री दाहाल दुई दिनसम्म चितवन बस्नेछन्। जिल्लामा प्रधानमन्त्रीका अन्य कुनै कार्यक्रम नभएको अधिकारीले जानकारी दिए।

‘प्रधानमन्त्री यसपटक विशुद्ध रेष्ट गर्न आउनुभएको हो,’ उनले भने  ‘प्रधानमन्त्री कुनै राजनीतिक तथा अन्य कार्यक्रममा सहभागि हुने कार्यक्रम छैन।’

दाहाल शुक्रबार शिवनगरमा रहेको आफ्नै निवासमा बसेका छन्। जिल्लाका नेता कार्यकर्ता दाहालको निवासमा पुगेका छन्।  घर बनाएपछि दाहाल आफ्नो निवासमा बसेको तेस्रो पटक हो।

नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिको बैठक सकिएपछि दाहाल आराम गर्न चितवन आएको बुझिएको छ। राजनीतिक दबाब महशुस भएपछि दाहाल बेला बेला राजधानी बाहिर आराम गर्न जाने गर्दछन्।

प्रकाशित: २६ श्रावण २०८० १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App