१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

तीन महिने अभियान पछि जनतामा आशाको झिल्को पलाउछ : प्रवक्ता सापकोटा

तस्बिर: निमेष अधिकारी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले थाल्ने तीन महिने अभियान पछि  जनतामा आशाको झिल्को पलाउने  पार्टीका प्रवक्ता अग्नी प्रसाद सापकोटाले बताएका छन। 

आज पार्टी कार्यालय पेरिस डाँडामा पत्रकारसंगको भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले  माओवादी केन्द्रको भर्खरै  सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार भदौ १६ गते देखि देशका वडा तहसम्म पार्टी अध्यक्ष्य ,पदाधिकारी सहित केन्द्रीय नेताहरु जनताको भावना र सरोकारवारका विषयमा गहन रुपमा लाग्ने भएकाले अव केही आशाको झिल्को पलाउने कुरा बताएका हुन। 

माओवादीले तीन महिनेअभियानको उद्घाटन भदौ १६ गते ६ हजार ७४३ वडाबाट एक साथ गर्नेछ।३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको पनि उनले बताए। 

माओवादीले तीन महिने अभियानपछि विधान सम्मेलन र त्यसको ६ महिनापछि विशेष अधिवेशन गर्ने पनि प्रवक्ता सापकोटाले जानकारी दिए । आजको भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले भर्खरै सम्पन्न केन्द्रीय समितिमा भएका निर्णयका बारेमा पनि जानकारी गराएका थिए।

पत्रकार सम्मेलनमा उनले अव माओवादी देशभक्ती र सदाचारको बाटोमा सबैसित  मिलेर अगाडी बढ्ने पनि बताए । असाधारण चुनौतीलाई पार गर्न  कृषि ,उद्योग धन्दा , राष्ट्रिय सुरक्षा  र विज्ञान र प्रविधिलाई सही रुपमा अगाडी बढाउनु पर्नेमा पनि जोड दिए।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटाले अहिले सुन तस्करी प्रकरण र ललिता निवास जग्गा प्रकरणका विषयमा पार्टीले विशेष चासोका साथ हेरेको हुनाले यो प्रकरण गहन रुपमा अगाडि बढ्नेमा ढुक्क हुन समेत आग्रह गरे । यस प्रकरणमा दोषी जो कोही भए पनि कारवाहीको दायरामा ल्याउन पार्टीले सरकारलाई आग्रह गरेको पनि धारणा व्यक्त गरे । उनले ठिक ढंगले अनुसन्धान गर्नका लागि सिआइबिलाई अनुसन्धान गर्न जिम्मेवारी दिइएको  उल्लेख गरे। उनले अनुसन्धान प्रक्रियामा कुनै प्रकारको मोलाहिजा नहुने भन्दै अनुसन्धान प्रक्रिया निर्धक्कका साथ अगाडी बढ्ने स्पष्ट पारे। 

प्रकाशित: २४ श्रावण २०८० १०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App