२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसका जिल्ला प्रवक्ता एमालेमा प्रवेश

नेपाली कांग्रेसका जिल्ला प्रवक्ता लक्ष्मी गौतम नेकपा एमालेमा प्रवेश गरेकी छिन्।

पाणिनी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष समेत रहेकी गौतम एमालेमा प्रवेश गरेकी हुन्। २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट गाउँपालिका उपाध्यक्ष बनेकी गौतम २०७८ भाद्र १८ गते एमाले विभाजन हुँदा नेकपा एकिकृत समाजवादीमा प्रवेश गरिन्। 

राजनीतिक रुपमा सुरक्षित महसुस नगरेकी उनले ठूलै रुखको ओत लाग्ने सोंच बनाइन्। एकिकृत समाजवादीमा प्रवेश गरेको चार महिनामै उनी नेपाली कांग्रेसमा प्रवेश गरिन्। २०७८ पुष १९ मा महामन्त्री गगन थापा, केन्द्रिय सदस्य पुष्पा भुसाल, संजय गौतम लगायतका नेताहरु हेलिकप्टरमै चढेर उनलाई स्वागत गर्न आए।

२०७९ बैशाखमा भएको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट पाणिनी गाउँपालिका उपाध्यक्षको उम्मेद्वार बनिन्। तर नयाँ–नयाँ पार्टि प्रवेश गरेकी गौतमलाई कांग्रेसीजन र जनताले पत्याएनन्। उनका कारण कांग्रेसले अँघिल्लो निर्वाचनमा जितेको पालिका अध्यक्ष समेत गुमायो।

त्यसपछी निराश बनेकी गौतम प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा भने कांग्रेस नेतृ पुष्पा भुसाललाई जिताउन कम्मर कँसेर लागिन्। त्यहाँ पनि उनलाई निराशा मात्र हात लाग्यो। त्यस पछाडी उनी निश्क्रिय थिइन्। उनलाई क्रियाशिल बनाउन जिल्ला पार्टीले पाँच महिना अँघी मात्र पार्टी प्रवक्ताको बनाएको थियो। महत्वपुर्ण जिम्मेवारी सुम्पेको कांग्रेसले उनलाई पुनः एमालेमा फर्किनबाट रोक्न सकेन।

उनले कांग्रेस देश र जनताप्रती उत्तरदायी नभएको आरोप लगाएकी छिन्। कांग्रेसमा रहनु औचित्यहिन भएकाले पुरानै घरमा  फर्किएको उनले बताइन्। ‘कांग्रेस जनताप्रती उत्तरदायी बन्ने अवस्था देखिएन,‘उनले भनिन्, ‘औचित्य नदेखेपछी पुरानै घरमा फर्किए।’

गौतमलाई एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतले पार्टीमा स्वागत गरेका छन्।

प्रकाशित: २३ श्रावण २०८० ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App