१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक भोलि ३ बजेसम्मका लागि स्थगित

फाइल तस्बिर

प्रतिनिधिसभाको बैठक मंगलबार (भोलि) सम्मका लागि स्थगित गरिएको छ।

आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ।

यसअघि, संसद् बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएको थियो। पछि अपराह्न ४ बजे बस्ने गरी बैठकको समय सारिएको थियो। तर, बैठक सुरु नै नभइ भोलिसम्मका लागि स्थगित गरिएको हो।

साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेको थियो। एमालेको अडानका कारण प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन्।  

प्रकाशित: २२ श्रावण २०८० ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App