१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बानेश्वरमा शीर्ष नेताहरुको निर्णय कुर्दै सांसदहरु

फाइल तस्बिर

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेलाई बोलाएको भएपनि अझै बस्न सकेको छैन्।

संसद अवरोध हटाउनका लागि सभामुखसहित बसेकाे शीर्ष नेताहरुको बैठकको निर्णय नआउँदा प्रतिनिधिसभाको बैठक समयमा नै बस्न नसकेको हो।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित दलका नेताहरु छलफल गरिरहेका छन्। यता संसद भवन नयाँ बानेश्वरमा भने सांसदहरु बैठकको प्रतिक्षामा रहेका छन्।

सिंहदरबारमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख ३ दलका प्रमुख सचेतकहरु छलफलमा रहेका छन्।

यता राष्ट्रियसभाको बैठक भने स्थगित भएको छ। आजको बैठकमा प्रतिपक्ष नेकपा (एमाले) ले अवरोध गरेपछि साउन २४ गते १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको हो।

साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेको थियो। एमालेको अडानका कारण त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो।

प्रकाशित: २२ श्रावण २०८० ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App