६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

आज सभामुख घिमिरेले शीर्ष नेतासँग छलफल गर्दै

फाइल तस्बिर

सभामुख देवराज घिमिरेले संसदको संसदीय समितिका सभापति चयन तथा अवरोध भइरहेको संसद खुलाउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् ।

शीर्ष नेताहरुसँग छलफल कार्यक्रम आज आज दिउँसो १२ बजे सिंहदरबारमा हुने बताइएको छ।यसअघि नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ।

संसदको अवरोध खुलाउन पहल स्वरुप सभामुख घिमिरेले हिजो आइतबार पनि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । आज दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठक अघि सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन । 

प्रकाशित: २२ श्रावण २०८० ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App