३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

पार्टीको संगठन बिस्तारमा ध्यान दिन पार्टी नेतृत्वमाथि माओवादी नेताहरुको दबाब

नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टीको संगठन बिस्तार अभियानमा केन्द्रित हुन नेतृत्वलाई दबाब दिएका छन्।

आज तेस्रो दिन पनि काठमाडाैमा जारी पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै नेताहरूले पार्टी संगठन बिस्तार अभियानमा केन्द्रित हुन पार्टी नेतृत्वलाई दबाब दिएका हुन्।

अध्यक्ष कमरेड दाहालको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरूले पार्टीको संगठन बिस्तारमा जोड दिन नेतृत्वलाई सुझाव दिएको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।उनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरूले पार्टीको केन्द्रीय कमिटी भद्दा भएको उल्लेख गर्दै त्यसको आकार घटाउनुपर्ने आवश्यकता पनि औँल्याएको बताए।

आजको बैठकमा ६८ जना नेताहरूले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए।

प्रकाशित: १९ श्रावण २०८० १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App