१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

वर्तमान संविधानलाई पूर्णता दिने काम नै नेसपाको मुख्य कार्यभारः बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूर्णता दिने कामलाई आफ्नो पार्टीले मुख्य कार्यभार बनाएको बताएका छन्।

शुक्रबार भक्तपुरमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय प्रशिक्षण भेलामा बोल्दै उहाँले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताएका हुन्।

अध्यक्ष भट्टराईले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै संविधानलाई पूर्णता दिने, यसको कार्यान्वयनमा ठिक ढंगले गराउने र नेपाली जनतालाई सुशासन र समृद्धि दिने काममा आफूहरु लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे। उनले नेपाललाई संसारको एउटा समुन्नत देशहरुको दिशामा अघि बढाउने कार्यभारलाई आफ्नो पार्टीले आत्मासाथ गरेर अघि बढिरहेको जिकिर समेत गरे।

अध्यक्ष भट्टराईले भने, ‘हिजो व्यवस्था फेर्नका लागि संघर्ष गर्ने, लडने, जेल जाने यस्तो कार्य चाहीँ प्रमुख थियो। तर, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ जारी भएपछि भलै त्यसका कतिपय अपूर्णहरु रहे। हाम्रा आ–आफ्ना असहमतीहरु त्यहाँ छन्। फेरि पनि त्यो संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नेपाल एउटा नयाँ युगमा प्रवेश गर्‍यो। अब एउटा नयाँ लोकतान्त्रिकरणको युगमा, समृद्धिकरणको युगमा, सुशासनको युगमा प्रवेश यो गर्‍यो। अव व्यवस्थाका लागि लडनुपर्ने अवस्था पनि आउन सक्छ । संघर्षहरु गर्नुपर्ने अवस्था पनि आउन सक्छ। तर, त्यो प्रधान हुँदैन। प्रधान कुरा अब यो संविधानलाई, यसको अपूर्णतालाई पूर्णता दिने, यो संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्ने र जनतालाई सुशासन र समृद्धि दिने र हाम्रो देशलाई संसारको एउटा समुन्नत देशहरुको दिशामा पुर्‍याउने अब यो कार्यभार हुन्छ भनेर हामीले नयाँ अभियान शुरु गर्‍यौं।’

प्रकाशित: १९ श्रावण २०८० ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App