२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

कामनपाकाे डाेजर राेक्न राप्रपा कार्यालय अगाडी कार्यकर्ताले तेर्स्याए कार!

राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय खाली गराउन काठमाडौं महानगरपालिकाले दिएको समयसीमा कटेपछि आज कामनपाले सो कार्यालय रहेको भवन भत्काउने तयारी गरेको छ।  

तीन दिनको समय दिएर शुक्रबारै माइकिङ गरिएको भएपनि राप्रपाले भवन खाली गराएको थिएन। कामनपाको टोली आज डोजरसहित जान लागेको हो। तर महानगरपालिकाको टोलीलाइ रोक्न धुम्बाराहीस्थित राप्रपा कार्यालय जाने बाटोमा अवरोध गरिएको छ। राप्रपा कार्यकर्ताले कार्यालय जाने बाटोमा कारलाइ तेर्स्याइएर बाटो बन्द गरेका छन्। राप्रपा कार्यालय रहेको घर हाइटेन्सनमुनि निर्माण भएकाले कामनपाले भत्काउन लागेको हो।

प्रकाशित: १५ श्रावण २०८० ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App