राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) को भक्तपुर नगर समिति गठन भएको छ । राजेश शिल्पकारको सभापतित्वमा ११ सदस्यीय नयाँं नगर समिति गठन भएको हो। समितिको उपसभापतिमा राजेश मारिखू, सचिवमा सन्जिव प्रजापति र कोषाध्यक्षमा सुमित्रा श्रेष्ठ चुनिएका छन्।
शनिबार भएको नगर समिति गठन तथा घोषणा सभा कार्यक्रमबाट भक्तपुर नगर समिति गठन भएको हो। पार्टी केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार विशेष अतिथि रहेका थिए।
पार्टीको भक्तपुर जिल्लाका तीन वटै नगरपालिकाहरु सूर्यविनायक, चाँंगुनारायण र मध्यपुर थिमिमा नगर समितिहरु गठन भइसकेका छन्। यसअघि जिल्ला समिति पनि गठन भइसकेको थियो।
प्रकाशित: १३ श्रावण २०८० ०७:२२ शनिबार