२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बाबुराम भन्छन्: हाम्रा साना दुःखले आर्ज्याको संविधान हैन यो,सत्ताधारी नेताहरूलाई चेतना भया

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान ठूलो दुःख, त्याग र बलिदान गरेर ल्याएको बताएका छन्। 

शुक्रबार एक ट्वट गर्दै भट्टराईले 'साना दुःख त्याग र बलिदानले आर्ज्या'को संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान नभएको उल्लेख गर्दै यसलाई राम्ररी बुझन सत्ताधारी नेताहरुलाई आग्रह गरेका छन्। 

उनले लेखेका छन्,'पृना शाहले ‘मेरा साना दुःखले आर्ज्याको मुलुक हैन यो.. सबैलाई चेतना भया’ भने झैं हामीलाई पनि भन्न मन लाग्छ -“हाम्रा साना दुःख त्याग र वलिदानले आर्ज्याको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान हैन यो.. अहिलेका सत्ताधारी नेताहरूलाई चेतना भया’!'

उनले प्रदेश १ को नामाकरण पनि ठीक नभएको बताएका छन्। जानीजानी केन्द्रका सत्ताधारी नेताहरूले बल प्रयोग गरेर प्रदेश सरकार निर्माणमा संविधानको ठाडो उल्लंघन गरेको पनि उनले बताएका छन्। 

प्रकाशित: १२ श्रावण २०८० ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App