९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

‘सुन तस्करीको सूचना दिने व्यक्तिले त्यो सुन कसको हो भनेनन् होला ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले सुन तस्करीको सूचना दिए व्यक्तिले सुनको मालिकको नाम भनेनन् भनेर प्रश्न गरेका छन्। उनले विशेष छानबिन आयोग बनाएर सुन प्रकरण अघि बढाउन आग्रह सरकारलाई आग्रह पनि गरे।

‘सुन तस्करीको सूचना दिने व्यक्तिले त्यो सुन कसको हो भनेन होला? किन भरिया मात्र पक्राउ गरियो?’, उनले बुधबार संसद्को बैठकमा भाग लिँदै भने। अध्यक्ष लिङ्देनले सुन तस्करीलाई सामान्य रुपमा नलिन सरकारलाई चेतावनी दिए।

‘यो सामान्य विषय होइन। समाजलाई ठिक दिशामा ल्याउनका लागि पनि उचित छानबिन, उचित निकास र सरकार जरासम्म पुग्नुपर्छ’, उनले भने। लिङदेनले एक/डेढ क्विन्टल सुन पक्राउ गरिएको विषयलाई चानचुन विषयका रुपमा सरकारले व्याख्या गरिरहेको बताए।

‘यो सुन कसैलाई देखाउनका लागि मात्र यो एक ट्रिप सुन पक्रिने काम भएको हो। नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बनिरहेको छ। अरू देशले दबाब दिए पछि मात्र सुन पक्राउ गरिएको भन्ने कुरा बजारमा आएको छ’, अध्यक्ष लिङदेनले भने।

‘सरकार यसको जरासम्म पुगोस्। केही मानिसका नामहरु पनि आएका छन्। उनीहरूको अनुसन्धान सशक्त ढंगले होस। अनुसन्धान प्रक्रिया अघि बढाइयो भन्ने आग्रह गर्न चाहन्छु’। उनले भने।

प्रकाशित: १० श्रावण २०८० १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App