२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विवेकशील साझाको विदेश मामिला विभाग प्रमुखमा के.सी

विवेकशील साझा पार्टीले विदेश मामिला विभाग प्रमुख तोकेको छ।  

विवेकशील साझा पार्टीको हालै बसेको केन्द्रीय समितिको बैठकले समुन्द्र के.सी लाई विदेश मामिला विभाग प्रमुख तोकेको हो।

के.सी पार्टीका केन्द्रीय सचिव समेत हुन्। गएको चुनावमा ललितपुर क्षेत्र न. ३ बाट प्रदेश सभाको उम्मेदवारी बनेका थिए।

उद्यमशीलता, सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर संलग्न केसी २०७२ सालमा संविधान घोषणा हुँदा नेपालमा भएको नाकाबन्दीमा देशको विकराल अवस्था देखेर राजनीतिमा होमिएका हुन्।

डाक्टर गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलन, भ्रष्टाचार विरुद्धको आन्दोलन, ईनफ इज ईनफ अभियान, गुठी आन्दोलन, महिला हिंसा विरुद्धको अभियान, नेपाल खुल्ला छ अभियान, ट्राफिक सचेतना अभियान लगायतका अभियानहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका केसी विगत एक दशक देखि वैकल्पिक राजनीतिमा सक्रिय रूपमा होमिँदै आएका छन्। 

यसअघि विवेकशील साझाले ११ विभाग प्रमुख तोकीसकेको छ। 

प्रकाशित: ९ श्रावण २०८० १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App