५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सुन तस्करी सेटिङमा को-को संलग्न छन्? अनुसन्धान आबश्यक छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विमानस्थलबाट सुन तस्करी सेटिङबाटै भइरहेको बताएका छन्।

आज विराटनगरमा पत्रकार सम्मेलन गरी लामिछानेले त्यति ठूलो परिमाणमा सुन विमानस्थलबाट भित्राउन संभव नभएको भन्दै सबै सेटिङमा भएको बताए।  

‘सेटिङ नभई त्यति ठूलो परिमाणमा सुन विमानस्थलबाट भित्राउन संभव नै छैन ’ लामिछानेले भने‘ सेटिङमा को को संलग्न छन् भन्ने अनुसन्धान आबश्यक छ ।’  

लामिछानेले सुन तस्करीको विषय सरकारकै निकायले पत्ता लगाएको हुनाले अहिलै सरकार विरुद्ध प्रतिक्रिया दिनु हतार हुने बताए । ‘हामी प्रतिक्रियाको दौडमा छैनौं’  लामिछानेले भने ‘अनुसन्धान गर्न , छानविन गर्न समय दिएर मात्रै प्रतिक्रिया दिनेछौं ।’  

सेनाको संख्या घटाउने विषयमा रास्वपा र रास्वपाका नेताहरूले कतै पनि धारणा नराखेको लामिछानेले दाबी गरे। लामिछानेले रास्वपा सरकारको दौडमा पनि नरहेको स्पष्ट पारे। उनले वेथिति विरुद्ध रास्वपाले निरन्तर आवाज उठाइरहेको बताउँदै रास्वपा एमाले वा अन्य कुनै दलको पछि नलागेको बताए।

प्रकाशित: ६ श्रावण २०८० ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App