१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल आज इटाली भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्। इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको इटाली भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत छन्। त्यहाँ उनले ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रमलाई सोमबार सम्बोधन गर्नेछन् ।  

कार्यक्रमको साइडलाइनमा प्रधानमन्त्रीले खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)का अध्यक्ष लगायतका राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्रले जनाएको छ ।  

गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्रीले इटालीमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित: ६ श्रावण २०८० ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App