नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन।
आज सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन। उनले मन्त्री द्वयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताए।
अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको बताए। उनले अर्थ मन्त्रालय मातहतको भन्सार विभाग र गृह मन्त्रालयको डिआइजीको नेतृत्वमा नेपाल प्रहरीहरू विमानस्थलमा रहँदा प्रधानमन्त्रीले सुन तस्कर समात्न लगाउने कुरा देख्दा प्रधानमन्त्री पुष्पकमल दाहाल धन्यवादको पात्र भए पनि नैतिकताका हिसावले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताए। अनियमितताको कुरामा पक्ष, विपक्षको पार्टीको कुरा नरहने भन्दै नागरिक, देश र जनताको विषयलाई हेर्न आग्रह गरे।
सांसद शर्माले दुवै जना मन्त्रीहरुले तत्काल राजीनामा दिई अनुसन्धानलाई सहज बनाउनुपर्ने बताए।
प्रकाशित: ५ श्रावण २०८० ०९:४१ शुक्रबार





