४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु

सरकारले प्रस्ताव गरेका छ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। सरकारले केही दिनअघि रिक्त सातमध्ये ६ जना राजदूत सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिमा सोमबार राजदूत सिफारिसको पत्र प्राप्त भएपछि संसदीय सुनुवाइ समितिले बुधबार बैठक बोलाएको छ। समितिले सर्वप्रथम प्रस्तावित राजदूतहरूको १० दिने उजुरी आह्वान गर्नेछ। उजुरी लिने काम भएपछि उजुरीहरू भएमा उजुरीकर्तासँग छलफल गर्ने र प्रस्तावित राजदुतसँग उजुरीबारे स्पष्टीकरण लिने तथा भावी कार्ययोजनाबारे जानकारी लिने काम गरेपछि उनीहरूको नाम अनुमोदन गर्ने नगर्ने निर्णय गरिन्छ। समितिले अनुमोदन गरेपछि प्रस्तावित राजदूतलाई नियुक्ति दिइन्छ।  

परराष्ट्र मन्त्रालयका ६ जना सहसचिव लोकबहादुर थापा, रामप्रसाद सुवेदी, सुधीर भट्टराई, धनबहादुर ओली, तेजबहादुर क्षेत्री युएई र घनश्याम लम्सालको नाम सिफारिस भएको हो। संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कमा सहसचिव लोकबहादुर थापाको नाम सिफारिस भएको छ। हाल उत्तरपूर्वी एसिया महाशाखा प्रमुख रहेका छन्। 

प्रकाशित: २ श्रावण २०८० ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App