१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भारत भ्रमणमा प्रचण्डले उनकै निवासमा लुकेर भारतीय गुप्तचरलाई भेटेका छन्ःओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरे। उनले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाए। उनले भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको र कुनै कुरा नलुकाएको बताए। उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्र हितका पक्षमा कुनै कुरा नगरेको बताए। 

अध्यक्ष ओलीले नेपालमा बहुदलीय व्यवस्था छ तर लोकतन्त्र र कानुनी राज नरहेको जिकिर गरे। उनले नेपालको प्रधानमन्त्री नेपाली जनता र नेपाली संसदबाट नचुनिएको प्रधानमन्त्री दाहालको अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथि ठट्टा गरिएको बताए। उनले छिमेकी देशलाई समेत विवादमा तान्ने प्रयास गरिएको बताए। नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनैपनि स्थानमा भेट्न तयार रहेको बताए। उनले सत्तापक्षले घमन्ड देखाएर संसदमा भेट्ने भनेको उल्लेख गर्दै सत्तापक्षसँग यसबारेमा कुनैपनि ठाउँमा भेट्न तयार रहेको उल्लेख गरे। 

अध्यक्ष ओलीले कोशी प्रदेशमा सरकार गठनको नाममा लगातार संविधान मिचिएको बर्ता। उनले सभामुखसहितको हस्ताक्षर बुझाएर सरकार गठन गर्ने कुरा उचित नरहेको बताए। उनले अहिलेको कोशी प्रदेश सरकार संघबाट दिएको निर्देशनअनुसार चलेको र संविधानको बर्खिलापमा गएको आरोप लगाए।

अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशका हितहरूलाई जन्मदिनको केक झैँ काटेको धारणा राखे। उनले राष्ट्रपतिबाट संविधान विपरीत नागरिकता विधेयक प्रमाणीकरण भएको बताए। उनले संविधानअनुसार अघि बढाउनुपर्ने विषय मन्त्रीपरिषद्बाट पठाइनु विश्वकै इतिहासमा नौलो भएको बताए। उनले वर्तमान सत्ता गठबन्धन सत्ताको उन्मातमा रुमल्ल्एिको बताए। उनले राष्ट्रपति रामचन्द्र पौडेलले सत्ताको पक्ष पोषण गरेको आरोप समेत लगाए। 

अध्यक्ष ओलीले बालुवाटार, शीतल निवास लगायतका अनियमताका घटनाहरूको सत्य तथ्य छानबिन गर्न एमाले तयार रहेको धारणा राखे।

प्रकाशित: २२ असार २०८० १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App