२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

अभिव्यक्तिका कारण प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन: गठबन्धन

फाइल तस्बिर

सत्ता गठबन्धनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ।आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले कुनै बेलाको प्रसङ्गमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको निष्कर्ष गठबन्धनको रहेको बताए।

उनले बैठकमा गठबन्धनका दलहरुको छलफलबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालिएको जानकारी दिए। त्यस्तै बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा आज ५ बजेसम्म नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने  गरी प्रश्ताव पेस गर्न संघबाट निर्देशन दिइएको पनि बताए। 

उपाध्यक्ष पाण्डेले बैठकले मिटरब्याजबिरुद्ध सम्बन्धीको अध्यादेशमा रहेको समस्याका बारेमा गठबन्धन दलबिच छलफल गरी चाँडै नै संसदबाट पास गर्ने निर्णय भएको समेत बताए।

प्रकाशित: २१ असार २०८० ०६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App