१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रियसभामा एमालेद्वारा प्रधानमन्त्री दाहालको राजीनामा माग

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ।

बुधबार राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन्।

उनले आफूहरुको सो माग पूरा नभई संसद बैठक चल्न नदिने अडान राखे। नेता दाहालले प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्विकार्य नहुने पटकपटक दोहो¥याए।  

प्रकाशित: २० असार २०८० ०९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App