६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठुला नेता संलग्न छन्: प्रमुख सचेतक गिरी

नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले मिटरबाजी प्रकरणमा राजनीतिक दलका ठुला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता रहेको बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै उनले मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठुला नेताहरु भएको धारणा राखे । उनले सो प्रकरणमा राष्ट्रसेवक कर्मचारी र प्रहरीका उच्च पदस्थ कर्मचारीहरू संलग्न रहेको बताए । मिटरब्याजको विरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने उनले धारणा राखे ।  

नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रतिनिधि सभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरबाजी पीडितलाई न्याय दिनका लागि नभई झुक्याउनका लागि ल्याएको बताए। 

प्रकाशित: १७ असार २०८० ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App