१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादी र कांग्रेसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

फाइल तस्बिर

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।

दुवै पार्टीको संसदीय दलको छुट्टाछुट्टै औपचारिक बैठकले कार्कीलाई मत दिने निर्णय गरेका हुन्।

कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिनु अघि मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी लगायतदलका संसदीय दलका नेताहरूलाई पत्राचार गरेर विश्वासको मत मागेका थिए।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आज १ बजेलाई बोलाइएको भए पनि बैठक अझै सुरु हुन सकेको छैन्।  

प्रकाशित: १४ असार २०८० ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App