१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकार ढल्ने कुरा अफवाह मात्र: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताएकी छिन्।

मंगलबार मन्त्रीपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन्। उनले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै हल्ला चलाउने अफवाह मात्रै भएको बताइन्।

उनले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धता अनुसार अघि बढिरहेको उल्लेख गरिन्। मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न दृढ भएर सरकार अघि बढेको अवस्थामा सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै भएको उनको भनाइ थियो।

मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा पक्राउ गरिएको पनि बताइन्। उनले सरकारले अनुसन्धान कुन तहसम्म पुर्‍याउने भन्दा पनि अनुसन्धानले जहाँ पुर्‍याउँछ त्यहाँसम्म पुग्ने बताइन्।

उनले बालुवाटार जग्गा प्रकरण लामो समयदेखि अनुसन्धानले प्रमाण पुर्‍याएको आधारमा अघि बढेको सुनाइन्। अनुसन्धान गर्दा माथिल्लो तहका वा तल्लो तह जुनसुकै व्यक्ति दोषी देखिए कारबाहीको दायरामा सरकारले ल्याउने उनले बताइन्।

प्रकाशित: १२ असार २०८० १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App