१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चित्रबहादुर केसीको टिप्पणी: ‘भ्रष्टाचारको फाइल खोल्ने कुरा तँ रोएजस्तो गर, म चिमटेजस्तो गर्छु’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सरकारले भ्रष्टाचारका फाइल खोलेको छ भन्ने कुरा जनताले नपत्याउने बताएका छन।

आज संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचारका फाइल खोल्नु भनेको तँ रोएजस्तो गर्, म चिमटेजस्तो गर्छु जस्तो भएको टिप्पणी गरे।

उनले नेपाली जनताले भ्रष्टाचारीलाई जोगाउनु हुँदैन भनिरहेको भए पनि भ्रष्टाचारी समातिने कुरा आफूलाई विश्वास नलागेको धारणा व्यक्त गरे।उनले एउटा फाइल निकालेर तर्साउने काम यसअघिका सरकारले पनि गरेको भन्दै नेपाली जनतालाई यसमा विश्वास नरहेको बताए।अध्यक्ष केसीले नेपालमा ठुला ठुला भ्रष्टाचार राज्य पक्षबाटै भइरहेको दाबी समेत गरे।

प्रकाशित: १२ असार २०८० १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App