७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अहिले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता छैनः ज्ञानेन्द्रबहादुर कार्की

सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता नभएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्।  

सांसद कार्कीले देशको कुनै एउटा ठाउँमा भएपनि ऐतिहासिक हरित र सांस्कृतिक सहर निर्माण गर्ने काममा ध्यान दिन सरकारलाई सुझाव दिए। उनले गरिव आवास कार्यक्रमलाई झारा टार्ने ढंगले अघि नबढाउन पनि सरकारलाई सचेत गराए। गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा सरकारको ध्यान जानुपर्ने सांसद कार्कीको भनाइ थियो।

उनले भने, ‘हामीले बजेटमा उल्लेख गरेका छौं–अति विपन्न, लोपोन्मुख, दलित र सिमान्तकृत नागरिकहरुलाई आवास दिने बजेटमा हामीले जुन कुरा उल्लेख गरेका छौं। कमसेकम हाम्रो मन्त्रीज्यूको कार्यकालमा देखिने हिसावले यो क्षेत्रमा विकास होस भन्ने म चाहन्छु। अहिले हामीलाई ठूल्ठूला सहरको भन्दा गाउँलाई सहर बनाउने होइन। गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा पनि यो मन्त्रालयको ध्यान जान जरुरी छ। यो मन्त्रालयले हाम्रो साँस्कृतिक हिसावले, ऐतिहासिक हिसावले हाम्रो मुलुक धेरै सम्पन्न र समृद्ध मुलुक हो। र, ऐतिहासिक हरित र सांस्कृतिक एउटा भएपनि सहरको प्रारम्भ गर्न अहिले जरुरी छ। अहिले भ्यूटावरका, ठूल्ठूला सिटी हलको अहिले आवश्यक्ता छैन। र, अहिलेको ध्यान दलित, विपन्न र सिमान्तकृत नागरिकलाई आवास केवल बजेटमा उल्लेख गर्ने जस्तो झारा टार्ने आवास होइन। देशले अनुभूत गर्ने किसिमको आवास बनाउनेमा सहरी मन्त्रीको ध्यान जरुरी छ । त्यतातर्फ ध्यान जाओस् भन्ने म चाहन्छु।’

प्रकाशित: ५ असार २०८० ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App