४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पहिचान पक्षधर र सरकारवीच वार्ता जारी

प्रदेश सरकार र कोशी नामाकरण खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ। आज विराटनगर स्थित विग होटलमा पहिचान पक्षधर नेताहरू र सरकारीवार्ता टोलिवीच वार्ता सुरू भएको हो।  

पहिचान पक्षधरबाट गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगुलगायत उपस्थित छन्। सरकार पक्षबाट सिंचाइ खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी छन्। 

फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानका आधारमा पुन नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन्। आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन्। आइतबार प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश सरकारसँग वार्ता गर्नका लागि समिति बनाएपछि वार्ता भएको हो।  

प्रकाशित: ४ असार २०८० ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App