१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भ्रष्टाचारीलाई बचाउन कालाकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेका छन्ः सांसद केसी

फाइल तस्बिर

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालीलाई भुटानी शरणार्थी बनाएर बेच्नी भ्रष्टाचारीहरुलाई बचाउन कालाकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेको बताएका छन्।  

उनले शुक्रबार प्रतिनिधिसभाको शून्य सभामा बोल्दै भने, ‘नेपालीलाई भुटानी शरणार्थी बनाएर बेच्नी भ्रष्टाचारी बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्म बल लागेर भ्रष्टाचारी उम्काउने तर्फ षडयन्त्र गरिरहेका छन्।’  

उनले थपे, ‘कतिसम्म उनीहरुको तर्क आएको छ भने गृहमन्त्रीले प्रहरीलाई अपायकमा सरुवा गरेका कारणले प्रहरीले यो झुठो मुद्दा लगाएको हो भनेर। त्यस किसिमले दिनलाई रात बनाउने जुन षडयन्त्र भइरहेको छ। यो नेपाली जनताले मात्र हेरेका छैनन् यसभन्दा पहिलाका ठूला–ठूला भ्रष्टाचारीहरुलाई यो देशको सरकारले यसैगरी थामथुम पाथ्र्यो । र भ्रष्टाचारीहरुलाई पैसाकै लागि उम्क्याउनका कालाकोटेहरुले जुन खालको षडायन्त्र र दुस्साहस गरिरहेका छन् यसमा दुधमा दुध पानीको पानी होस।’

प्रकाशित: १ असार २०८० ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App