३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

बालेनले कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राख्नु भारतको हेपाहा बिरुद्धको प्रतिक्रिया: सांसद पन्त

नेकपा(एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राख्नु भारतको हेपाहा व्यवहारबिरुद्धको प्रतिक्रिया भएको बताएका छन्।

बिहीबार संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले मेयर शाहले ग्रेटर नेपालको नक्शा राख्नु भारतको हेपाहा व्यवहारबिरुद्धको प्रतिक्रिया भएको बताएका हुन्। उनले भारतले नेपालको भूमी समावेश गराएर नक्शा राख्नु आपत्तिजनक भएको बताए।

उनले भने, ‘बालेनजीले नक्सा राख्नुलाई म के भनेर बुझ्छु भने भारतले गरेको हेपाहा ब्यवहारबिरुद्धको प्रतिक्रिया हो। तर उनीहरुको भन्दा हाम्रो नक्शा अलि संयमित छ। बालेनले राखेको नक्शामा सुगौली सन्धी अगाडीको नेपाल भनेर फरक रङमा छ। अहिलेको नेपाल भन्ने फरक रङमा छ। सुगौली सन्धी अगाडीको नेपाल र अहिलेको नेपाल छुट्टीन्छ। खाली पहिलेको नेपाल कत्रो रहेछ भनेर ऐतिहासिक नक्सा हो। भारतको नक्शामा छुट्टीदैन। हेर्ने मान्छे झुक्किन्छ। अहिलेकै भारत यत्रो हो कि भनेर। त्यो त झन आपत्तिजनक कुरा भयो।’

प्रकाशित: ३२ जेष्ठ २०८० ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App