८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्नेछन्।

उक्त बैठकमा सो सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भई आआफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए।

आगामी असार १ गते बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री लामाले आव २०८०/८१ का लागि बजेट प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।  

प्रकाशित: ३२ जेष्ठ २०८० ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App