१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बजेट पास गर्ने सत्ता गठबन्धन दलहरुबीच सहमति

फाइल तस्बिर

सत्ता गठबन्धन दलहरुबीच गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति भएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति भएको हो।

छलफलमा प्रधानमन्त्री दाहालले बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा केही विषय आवश्यकतअनुसार मिलाइएर जान सकिने बताएका थिए।

बजेटमा प्रस्तुत विषयलाई लिएर सत्ता साझेदार नेकपा (एकीकृत समाजवाद) र जनता समाजवादी पार्टी नेपालले केही बुँदामा विमति प्रकट गरेका छन्। सोही विषयमा पनि शीर्षनेताहरुबीच छलफल भएको थियो।

छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धन आबद्ध दलका नेताहरु सहभागी थिए।  

प्रकाशित: ३० जेष्ठ २०८० ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App