१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

नेपाललाई पनि ग्रेटर नेपालको नक्सा राख्ने अधिकार छ: गगन थापा

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापा। तस्बिर: चुमन बस्नेत/नागरिक

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि सांस्कृतिक नक्सामा ग्रेटर नेपालका भूभाग समेट्नु पर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताएका हुन्। सो अवसरमा उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पारे।

‘भारतले सांस्कृतिक नक्सामा नेपाली भूभाग राखेको भए नेपाललाई पनि ग्रेटर नेपालको नक्सा राख्ने अधिकार छ। एउटा देशले प्रयोग गरेको अधिकार अर्को देशले प्रयोग गर्न नपाउने भन्ने हुँदैन’ थापाले भने।

प्रकाशित: २५ जेष्ठ २०८० १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App